काठमाडौं, २६ जेठ ।
एमाले नेता पूर्वमन्त्री भीम रावलले आफू र आफ्ना नेता कार्यकर्तालाई माओवादीमा विलय हुने योजना रहेको तथ्य स्वंयमले खोलेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका मुख्यमन्त्रीलाई भोट हाल्न लगाएर माओवादी सरकार जोगाएपछि आफ्नो आदर्शबाटै च्यूत भएको तथ्य नेता रावलले खोलेका हुन् ।
कुनै समय नेपाली सञ्चारमाध्यममा बन्दुके कमरेडको उपनामबाट परिचित पूर्वगृहमन्त्री रावलले आफ्नो प्रदेशमै माओवादीमा विलय हुने योजनाको सुरुवात गर्नुभएको हो ।
उहाँले सामाजिक सञ्जाल ट्विटर ह्याण्डलमार्फत मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिँदै विधि, विधान र पद्धति मिच्नेहरुले राजनीतिक नैतिकताको केही शिक्षा लिने कि भन्दै प्रश्न समेत गर्नुभयो ।
रावलकै निर्देशनमा माओवादीका मुख्यमन्त्रीलाई एमालेका सांसदले विश्वासको मत दिएका हुन् ।