प्रचण्डको गाडीमा लुकेर देउवा निवास पुगे माधव नेपाल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ जेठ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे गाडीका लुकेर नेकपा एमालेका नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । प्रचण्डको गाडीमा सुरक्षित हुने भएर नेपाल त्यसरी पुगेका हुन । अहिले प्रचण्ड, नेपाल र देउवाबीच एक घण्टादेखि छलफल भइरहेको स्रोतले जानकारी दियो ।

मेरो कारणले एकता सफल नभएको भन्ने ओलीको भनाइ झुटो हो : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कारणले नेकपा एकताको प्रयास सफल नभएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ झुटो भएको बताएका छन्।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आइतबार सार्वजनिक अपील गर्दै आफूले नेकपा एकताका लागि प्रयास गरेको जनाएका थिए। उनले माओवादी अध्यक्ष दाहालका कारण एकता हुन नसकेको जनाएका थिए।

त्यसको प्रतिवाद गर्दै दाहालले आफ्ना कारण एकता असफल नभएको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, “प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुट, भ्रामक र षड्यन्त्रपूर्ण छ।”

दाहालले प्रधानमन्त्री ओलीको भनाइको निन्दा पनि गरेका छन्। दाहालले भनेका छन्, “त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु।”

गत २३ फागुनमा सर्वोच्च अदालतले नेकपा एकीकरण बदर गर्ने फैसला गरेको थियो। त्यसका विरुद्ध दाहाल पुनरावलोकन गर्न सर्वोच्च पुगेका थिए। उनको निवेदनलाई पनि अदालतले अस्वीकार गरेको थियो।

अदालतको फैसालसँगै एमाले र माओवादी ब्युँतिएका थिए। अहिले एमालेभित्र पनि विवाद उत्पन्न भएको छ।