निद्रामा समस्या हुने महिलामा हृदय रोगबाट मृत्यु हुने जोखिम धेरै

हाम्रो सन्देश संवाददाता

एजेन्सी ।

रातमा सुत्न गाह्रो हुने वा खराब निद्राले मानिस सुस्त र अल्छी महसुस गर्ने मात्र नभई उनीहरूमा मृत्युको जोखिम पनि बढ्ने अध्ययनले देखाएको छ ।

युरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययनले विशेष गरी महिलामा निद्रामा समस्या हुँदा हृदय रोगबाट मृत्यु हुने जोखिम बढी हुने खुलासा गरेको हो ।

आठ हजार मानिसमा गरेको अध्ययनले अनकन्सियस वेकफुलनेस (सचेत नभए पनि ब्युँझने अवस्था) समस्याबाट पीडित भएका महिलाहरू हृदय रोगबाट मर्ने जोखिम बढी पाएको देखाएको हाे ।

सामान्य महिला जनसङ्ख्यासँग तुलना गर्दा प्रायजसो र धेरै समयसम्म उक्त समस्याबाट पीडित महिलामा हृदयरोगबाट मर्ने जोखिम औसतमा दुई गुणा बढी हुन्छ ।

पुरुषहरूमा पनि मृत्यु हुने जोखिम भए पनि महिलाहरूको तुलनामा निकै कम हुने अध्ययनले देखाएको हो ।

सामान्य पुरुष जनसङ्ख्याको तुलनामा अनकन्सियस वेकफुलनेस समस्या भएका पुरुषमा हृदय मृत्युको जोखिम एक चौथाईले मात्र बढेको पाइयो ।

अघिल्ला अनुसन्धानहरूले पनि सुत्ने समय (कम वा धेरै समय) हृदय वा अन्य रोगहरूका कारण मृत्युको जोखिम बढ्नेसँग सम्बन्धित भएको देखाइसकेका छन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]