राप्रपा अध्यक्ष कमल थापाले हालै दिएको बयानले ल्यायो नयाँ तरङ्ग

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ जेठ ।

पछिल्लो समयमा राजनीतिक रुपमा कम सक्रिय देखिनु भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हालै दिएको बयानले नयाँ तरङ्ग ल्याएको छ ।

उहाँले आफ्नै पार्टीका दुई अध्यक्षप्रति गहिरो कटाक्ष गर्नुभएको हो । उहाँले नाम नलिई, संकेतको निशाना छाड्दै आफ्नै सहकर्मी दुई अध्यक्षमाथि ब्याङ्ग्य गर्नुभएको हो ।

उहाँले अध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीलाई ‘अल्छी घोडा’ को संज्ञा दिनुभएको छ ।

दुई अध्यक्षको भूमिकाबाट निराशा हुनु भएका थापाले पार्टी एकताप्रति नै पश्चाताप भाव व्यक्त गर्नुभएको छ । तीन अध्यक्षको व्यवस्था गर्नु नै गतिहीनताको कारण भएको उहाँको बुझाई रहेको छ ।


उहाँ लेख्नुहुन्छ, ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तिव्रगति लिन सक्दैन । यो नैसर्गिक सत्य हो ।

यो सत्य नबुझेको होईन, तर तिव्र गति लिन नसके पनि सामान्य गतिमा हिड्ला भन्ने आशा थियो । गतिहिन नै होला भन्ने सोचिएन ।

दुई अल्छी घोडाको बिचमा च्यापिएको तिव्रगतिको घोडाको हालत के होला ? च्यापिएर थलापर्न बेर छैन ।’ थापा नेतृत्वको राप्रपा र राणा तथा लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच २०७६ फागुनमा एक भएको थियो ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]