सुनको मूल्य आइतबार तोलामा ७०० रुपैयाँले बढ्याे

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ जेठ ।

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । गएको शुक्रबार तोलामा १५ सय रुपैयाँले गिरावट आएको सुनको मूल्य आइतबार तोलामा ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतबार बढेर ९४ हजार १०० रुपैयाँ पुगेको हो ।

यस्तै तेजाबी सुन तोलामा आइतबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३५५ रुपैयाँमा कारोबार भएको हो ।