मलेसियामा कम्पनीमा कार्यरत नेपाली श्रमिक रुपनारायणको सुत्यासुत्यै मृत्यु।

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर, २३ जेठ ।

वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ।नेपाल ठेगाना पर्सा जिल्ला बिरगञ्ज उपमहानगरपालिका वाड नम्बर– २८,बोगही निवासी नेपाली श्रमिक रुपनारायण महरा काे मृत्यु भएको हो।

मृतक महरा मलेसियास्थित जोहोरबारु बातुपहात शहरको सोङलिन नामक कम्पनीमा बिगत ९ बर्ष देखि कार्यरत रहेका थिए। हिजो शुक्रबार राती खाना खाएर ओछ्यानमा सुतेकै ठाउँमा आज शनिबार बिहान मृत अवस्थामा फेला परेको थियो। सुतेकै बेला हर्ट अट्याक (हृदयाघात) आएको कारण मृत्यु भएको हुनसक्ने आशँका गरिएको छ।

मृतक महराको शव पोष्टमार्टमको लागि मलेसिया बातुपहातको सुल्तान अस्पतालमा राखिएको कम्पनी स्रोतले जनाएको छ।पोष्टमार्टम पछि मृतको शवलाई नेपाल पठाउन कम्पनीले आवश्यक पहल शुरू गरिरहेको जानकारी प्राप्त भएको छ। मृतकको घरमा श्रीमती र छोरा र छोरी, रहेका छन।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]