बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २३ जेठ ।

आइतबार सुनको मूल्य तोलाको ७ सयले बढेर ९४ हजार एक सयमा कायम छ। शुक्रबार सुन तोलाको ९३ हजार ४ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलको १५ रुपैयाँले बढेर तोलको १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी १३ सय ४० रुपैयाँ तोलमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

खानेतेलको मूल्य बढेको बढ्यै

काठमाडौं। नेपालमा कोरोना महामारी सुरु भएयता निरन्तर खानेतेलको मूल्य उच्चरुपमा बढेको छ। दुई महिनाको अवधिमा नै तेल प्रतिलिटर७५ रुपैयाँसम्म बढेको हो। खुद्रा व्यापार संघका अनुसार हाल भटमासको तेल प्रतिलिटर २३५ र सूर्यमूखी तेल प्रतिलिटर ३०० रुपैयाँसम्म पुगेको छ।

यस्तै यतिबेला तोरीको तेलको मूल्य प्रतिलिटर ३३० रुपैयाँसम्म पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा खानेतेलको मूल्य बढेको संघको दाबी छ।