आजको विदेशी मुद्राको विनिमयदर, डलरको भाउ कति पुग्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २३ जेठ ।

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलरको एकको खरिददर ११६ रूपैयाँ ५० पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ १० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा, बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४४ पैसा रहेको जनाएको छ ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चाइनिज यानको खरिददर १८ रुपैयाँ १७ पैसा र विक्रीदर १८ रुपैयाँ २७ पैसा रहेको छ ।

कुन देशको मुद्राको दर कति ?

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]