मैले आवश्यकता अनुसार नेपाली नागरिकता लिएको हुँः राजेन्द्र महतो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ जेठ ।

जनता समाजवादि पार्टीका नेता राजेन्द्र महतो पाँचौ पटक सरकारमा सहभागि हुदा उपप्रधानमन्त्री तथा शहरी विकाशमन्त्री बने । राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ पद तथा गोपनीयताको शपथपछि राति कार्यभार सम्हाल्न शहरी विकास मन्त्रालय पुगेका महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउन मुक्ति आन्दोलनको तयारीमा लागेको बताएका थिए। त्यसलाई धेरैले देश टुक्र्याउनेु अभिव्याक्ति भन्दै बिरोध गरिरहेका छन् ।

नेकपा एमालेका युवा नेता योगेश भट्टराईले उपप्रधानमन्त्री बनेका राजेन्द्र महतोलाई लगाम लगाउन प्रधानमन्त्री ओलीलाई अनुरोध सम्म गरेका छन् । वामदेवले त राजेन्द्र महतोको दिएको अभिव्याक्ति प्रति प्रधानमन्त्रीले अनभिज्ञता प्रकट गरेकोमा आश्चर्यचकितमा परेको भन्दै आपत्ति नै जनाए ।

त्यस्तै नयाँ पार्टी, नेपालले त उपप्रधानमन्त्री बनेका राजेन्द्र महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवम् सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गरि देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

राजेन्द्र महतो नरम भन्दा ज्यादा गरम भएर बोल्ने व्यक्ति हुन्, कुनै बेला ओली निकट युवा संघका तत्कालिन अध्यक्ष राजीव पहारीले महतोको नागरिकतोका छानबिन माग गरी २०७२ सालमा तत्कालिन गृहमन्त्री शक्ति बस्नेतसँग निवेदन दिएका थिए ।

त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेकोमा आयोगले छानबिनका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, दबाबका कारण विस्तृत छानबिन हुन पाएन ।

महतोले सर्लाही जिल्लाबाट नागरिकता लिएका हुन् । उनको परिवार भारतबाट नेपालमा आएको पुष्टि नभए पनि व्यापक चर्चा छ त्यसलाई उनै राजेन्द्र महतोले समेर अस्विकार गर्न सक्दैनन् ।

बुबा खोभारी सुडी भारतीय नागरिक थिए । सर्लाहीको सदरमुकाम मलंगवासित सीमा जोडिएको भारतीय जिल्ला सीतामढीको कोहवरवा गाउँमा महतोको घर अहिले पनि छ । यो गाउँ नेपाल–भारत सीमाबाट १५ किलोमिटर दुरीमा पर्छ । सो घरमा अहिले महतोका काकापट्टीका सन्तानहरु बस्छन् । उनका तीन दाजुभाइ भने अहिले नेपालमै छन् ।

महतोका पिता खोभारी व्यापार गर्न ०२० सालतिर नेपाल आएका हुन् । सर्लाहीको बयलवासमा उनी धान–चामलको व्यापार गर्थे । भारतमा छँदा गतिलो बन्दोबस्त नभएका खोभारी नेपालमा व्यापार गरेर आर्थिक अवस्था उकास्न सफल भए । त्यसपछि सर्लाहीको ब्रम्हपुरी गाविसमा घर बनाएर यतै बस्न थालेका थिए ।

महतोको ससुराली पनि भारतमै हो । कोहबरवासँगै जोडिएको मरिया भन्ने गाउँमा बस्ने नागेश्वर महता र दौलतियादेवी महतोकी छोरी शैलकुमारी देवीलाई राजेन्द्रले बिहे गरेका हुन् । महतोसित विवाह गरेपछि शैलकुमारीले वैवाहिक अंगीकृत नागरिकता लिएकी थिइन् ।

गृह स्रोतका अनुसार राजेन्द्र महतोले ०२७र०२८ को बीचमा नेपाली नागरिकता लिएका हुन् । महतोका पिता नेपाल आएको केही वर्षमै बाबुछोराले नागरिकता लिएको देखिन्छ । उनलाई नागरिकता दिलाउन सर्लाहीका तत्कालीन जिल्ला विकास समितिका सभापति अमरबहादुर थापाको भूमिका थियो ।

छोराले पहिले र बुबाले पछि नागरिकता लिएको दाबी गर्नेहरु पनि छन् । तर, यसको कुनै प्रमाण छैन । सर्लाही जिल्ला सदरमुकाममा माओवादीले हमला गरेपछि महतो परिवारको जस्तै धेरैको नागरिकताको प्रमाण नष्ट भइसकेको छ । महतो स्वयम् भने आफूसित जन्मसिद्ध नागरिकता रहेको दाबी गर्छन् ।

जब कि उनले नागरिकता लिएको समयमा जन्मसिद्द नागरिकता दिने व्यवस्था नै खारेज गरिएको थियो । २०१९ सालअघि नेपालमा आएर लामो समय बसोबास गरेका आधारमा जन्मसिद्ध नागरिकता दिने व्यवस्था भए पनि २०१९ सालपछि बंशजको नागरिकता मात्रै कायम गरियो ।

पटक पटक मन्त्री भएका महताको राजनीतिक सफलतामा भारतको भूमिका रहेको बताइन्छ । भारतको इच्छाअनुसार काम गर्ने भएकाले उनले राजनीतिमा सफलता पाउँदै आएका छन् । भारतबाट नेपाल आउने गाडीलाई सरकारले कर बढाउँदा उनले संसदमा त्यसविरुद्ध अर्थात् भारतीय नागरिकको पक्षमा बोलेका थिए । अहिले ओलीसँगको गठबन्धनमा पनि उनी दैनिक जसो दूतावास जाने गरेका समाचार आइरहेका छन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]