काठमाडौँ ।
केही हप्ता अगाडिसम्म नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको वि’वाद चलिरहेको छ । भूवनले अदालतमा मु’द्दा दायर गरेपछि साम्राज्ञीले विभिन्न संचारमाध्यममा पुगेरै आफ्नो भनाई राखिन् ।
भूवन र साम्राज्ञीको वि’वाद अदालती प्रक्रियामा रहेकाले अहिले दुबै चुप छन् । नायक केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि चलचित्रमा नै ध्यान दिइरहेकी छिन् । केही समय अगाडि मात्र उनले एक नयाँ चलचित्र साइन गरेकी थिइन् ।
उनै, साम्राज्ञीले सामाजिक संजालमा कालो पहिरनमा केही तस्वीहरु पोष्ट गरिन् । जसमा उनी विन्दास देखिएकी छिन् ।
आफ्नी आमाको जन्मदिनमा समेत निकै चञ्चल देखिएकी यी सुन्दरीले आफू पछि हट्ने यूवती नभएको बारम्बार बताउँदै आएकी थिइन् । यसैले, साम्राज्ञी अब लकडाउनको समयमा भएका वि’वादबाट टाढा रहेर करिअरमा फोकस गर्ने मुडमा देखिएकी छिन् ।