विदेशी मुद्राको विनिमयदर : डलरको भाउ कति पुग्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २२ जेठ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमूल्य ११६ रुपैयाँ ३६ पैसा र बिक्रीमूल्य ११६ रुपैयाँ ९६ पैसा रहेको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७४ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ शून्य पैसा र बिक्रीदर ९० रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ९७ पैसा शून्य पैसा, सिङ्गापुरे डलर एकको खरिददर ८७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३७ पैसा र हङकङ डलर एकको खरिददर १५ रुपैयाँ शून्य पैसा र बिक्रीदर १५ रुपैयाँ ०८ पैसा रहेको छ ।

विस्तृतमा हेर्नुस्