काठमाडौं, २१ जेठ ।
बिघटित प्रतिनिधिसभा सदस्य तथा युवा नेतृ रामकुमारी झाँक्रीले अहिलेसम्मकै सवैभन्दा बढी गाली पाउनु भएको छ । बिगत तीन बर्षदेखि राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गर्नु नै आफ्नो राजनीतिक दर्शन बनाउनु भएकी नेतृ झाँक्रीले पछिल्लो पटक सामाजिक सञ्जालमा दिएको आपत्तिजनक अभिब्यक्तिपछि उहाँमाथि नै गालीको बर्ष भएको छ । सामाजिक सञ्जालमा ९० प्रतिशत भन्दा बढीले झाँक्रीलाई कठोर शब्द प्रयोग गरेर जवाफ फर्काएका छन ।
नेतृ झाँक्रीले चिनियाँ खोप काठमाडौँ आइपुगेपछि आक्रोशपूर्ण टिप्पणी सामाजिक सञ्जालमा गर्नुभएको थियो । खोप ल्याउने नाममा राष्ट्रपतिले धुमिल भएको छवि बचाउने प्रपन्च गरेको आरोप उहाँको थियो । ‘हाम्रो देशको राष्ट्रपति संस्था संबिधानको संरक्षक र कानूनको परिपालक हो। उसका सम्पूर्ण क्रियाकलापलाई संबिधानले सिमित गरेको छ। त्यसकारण लोकरिझाइँको लागि मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई पत्राचार गर्ने होईन, त्यो काम त कार्यकारीको हो। यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होईन ? कि धुमिल भएको छवि बचाउने प्रपन्च होरु प्रतिगमन पटक पटक भोगेकै छौ नि होईन ?’ झाँक्रीको भनाई थियो ।
यो भनाईमा एकाधबाहेक सवैले आपत्ति जनाएका छन । गाली नखाई निन्द्रा नपर्ने रोगको सिकार भएको कारण झाँक्रीले यस्ता पोष्ट गरेको अनुमान उहाँ निकटले लगाएका छन ।