पुरानै नक्सा देखाउदै बाबुरामले दिए भारतीय मिडियालाई अन्तर्वार्ता (भिडियो सहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ जेठ ।

जनता समाजवादीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले हालै भारतीय मिडियालाई अन्तर्वार्ता दिँदा जानाजान नेपालको पुरानै नक्सा देखाएर दिएको पाइएको छ।

भारतीय संचारमाध्यम द प्रिन्ट को युट्युव च्यानलमा ‘द प्रिन्ट डिवेट’ कार्यक्रममा मे ३० तारिक अर्थात् ५ दिनअघि अन्तर्वार्ता दिँदा डा। भट्टराईले आफ्नो पछाडि नेपालको नक्सा प्रयोग गरेको देखिएको छ। साधारणतया अरु अन्तर्वार्ताहरुमा उनको यस्तो नक्सा प्रयोग भएको पाइएको छैन।

तर, यो अन्तर्वार्तामा उनले आफ्नो पछाडि देखिने गरी नेपालको नक्सा र विश्वको नक्सा प्रयोग गरेका छन्। यो नक्सा प्रयोग गर्नुमा भारतीय नेतृत्ववर्गलाई पुरानै नक्सामा आफू यथावत रहेको सन्देश दिन खोजेको सहजै देखिन्छ।

नेपालको प्रधानमन्त्री भइसकेको व्यक्तिले जीवनभर नेपालकै प्रतिनिधित्व गर्नुपर्ने हुन्छ सार्वजानिक समारोहहरुमा। आन्तरिक राजनीतिमा जुन अडान वा धारणा राखे पनि अन्तर्राष्ट्रिय मञ्चहरुमा पूर्वप्रधानमन्त्रीको उपस्थिति भनेको देशकै प्रतिनिधित्व हो।

यो अन्तर्वार्तामा डा. भट्टराईले नक्साको प्रयोगद्वारा दिन खोजेको सन्देश के हो ?भन्ने यकिन छ तर उनको यस्तो कार्यले नेपालीजनको हृदयमा कति चोट पुग्छरु भन्ने कुराको ख्याल गरेको भने पाइएन।

तत्कालका लागि उनको राजनीतिक लाइनभन्दा भिन्न भारतीय गतिविधि, दवाव र प्रभाव नेपालमा देखिएको अवस्थामा यो नक्साको प्रयोगबाट भारतीय संस्थापन पक्षलाई दिने सन्देशमा उनी बढी नै केन्द्रित हुन खोजेको सहजै अनुमान लगाउन सकिन्छ।

तर, आफूसमेत सहभागी भएर पारित गरेको नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको नयाँ नक्सालाई पुरै बेवास्ता गरेर पुरानै नक्सामा भारतीय मिडियामा देखा पर्नु सामान्य अवस्था मान्न सकिंँदैन। कोठामा पुरानै नक्सा रहेछ, त्यही प्रयोग भएछ तर जानाजान होइन भन्ने स्पष्टिकरणको अर्थ हुँदैन भन्ने कुरा डा।बाबुराम भट्टराईजस्ता चतुर खेलाडीले नबुझ्ने कुरा हुँदैन।

त्यसमा पनि भिडियो अन्तर्वार्ता दिँदा के के दृश्य देखिन्छन् भन्ने कुरा दिनुअघि नै सोचिने विषय हो। नेपालको नक्सा भन्दा तल अर्को नक्सा झुण्ड्याइएको छ विश्वको नक्सा।

स्पष्ट छ नेपालको नयाँ नक्साको अपमान गरेर उनले भारतलाई खुसी पार्न खोजेका हुन् किनकि नयाँ नक्सा पारित गर्ने बेलामा सो कार्यलाई रोक्न भारतले अन्तिम अवस्थामा ठूलो कुटनीतिक र राजनीतिक अस्त्र प्रयोग गरेको थियो। त्यसयता नक्सा पारित गर्दाको परिस्थितिलाई ध्यानमा राखेर कसलाई कतिखेर च्यापेर कस्लाई प्रहार गर्ने भन्ने रणनीति नै बनाएर नेपालको राजनीतिमा उथलपुथल मच्चाउँदै आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध गरेर हटाउन खोज्दा नेपालमा झन् भारतविरोधी भावना भड्किएको विश्लेषणका आधारमा उनलाई निकट राखेर पहिला अरुमाथि प्रहार गर्ने र अन्त्यमा उनलाई पनि प्रहार गर्ने भारतीय रणनीति हाल कार्यान्वयनमा रहेकै बेला डा। भट्टराईले भारतीय संस्थापनको मन शितल हुने गरी पुरानै नक्सा प्रयोग गरेर अन्तर्वार्ता दिनुलाई अर्थपूर्ण मानिएको छ।

अन्तर्वार्ताका क्रममा सीमा विवादका बारेमा सोधिएको प्रश्नमा भने उनले आफूले यसबारे टिप्पणी गर्न नचाहाने बताएका थिए। मुखले टिप्पणी गर्नै नपर्ने गरी आफ्नो साथमा नक्सै राखेर सन्देश दिएपछि अरु टिप्प्णीको अर्थ नरहनु स्वाभाविक पनि हो।

उनले नेपाल भारत सीमा समस्या दुईदेशबीचको बार्ताद्वार समाधान गर्न सकिने र नक्सा अस्वीकार गर्नकै लागि वर्तमान संविधान समाप्त पार्नु नहुने धारणा राखेका छन्। बंगलादेशसंग भारतको सीमा समस्या समाधान भएको प्रसंग पनि उठाएका छन्।

अन्तर्वार्ताका लागि उनको साथमा उनी प्रधानमन्त्री हुँदाताकाका नेपालका लागि भारतीय राजदूत राकेश सुद पनि ल्याइएका थिए। नेपालको प्रधानमन्त्री भइसकेको व्यक्तिको अन्तर्वार्ता लिँदा पूर्वराजदूत ल्याएरसँगै अन्तर्वार्ता गर्नुले पनि प्रोटोकल नमिलेको त देखिएको छ नै, यो कुरा पनि डा। भट्टराईले अन्तर्वार्ता दिनुअघि विचार गर्नु पर्ने कुरा थियो । उनले आफ्नो बोली, व्यबहार र प्रतिनिधित्वमा सधैं नेपाल हुन्छ भन्ने कुराको सामान्य हेक्का राखेको देखिएको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध गरेर हटाउन खोज्दा नेपालमा झन् भारतविरोधी भावना भड्किएको विश्लेषणका आधारमा उनलाई निकट राखेर पहिला अरुमाथि प्रहार गर्ने र अन्त्यमा उनलाई पनि प्रहार गर्ने भारतीय रणनीति हाल कार्यान्वयनमा रहेकै बेला डा। भट्टराईले भारतीय संस्थापनको मन शितल हुने गरी पुरानै नक्सा प्रयोग गरेर अन्तर्वार्ता दिनुलाई अर्थपूर्ण मानिएको छ।

अन्तर्वार्ताका क्रममा उनले नेपालमा भारतविरोधी भावना बढ्नुमा पूर्वराजा महेन्द्रलाई दोषारोपण गरेका छन। महेन्द्रको राष्ट्रवादले भारतविरोधी भावना बढाएकोमा चिन्ता गरेर बाबुरामले ओलीलाई भारतसँग मिलेर अहिलेको नेपालको संविधानलाई समाप्त पार्न खोजेको आरोप लगाएका छन्।

डा। भट्टराई तिनै व्यक्ति हुन् जसले यो संविधान पारित गर्दा ठूलो असन्तुष्टि व्यक्त गर्दै विरोध जनाएका थिए। हाल उनले नेतृत्व गरेको पार्टीका अधिकांश नेताहरुले यो संविधान जारी हुँदा नै यसलाई जलाएका थिए।

अन्तर्वार्ताका क्रममा अझ रमाइलो कुरा त उनले आफूलाई माक्र्सवादीबाट गान्धीवादीमा रुपान्तरित व्यक्तिका रुपमा आफूलाई चिनाएका छन् जवकि उनी र प्रचण्डलाई १७ हजार नेपाली जनयुद्धका नाममा मारेको आरोप छ।

नेपालको राजनीतिका सन्दर्भमा उनले आफूले बारम्बार भारतलाई आग्रह गरेको सन्दर्भ पनि अन्तर्वार्ताका क्रममा भनेका छन् र उनको अब्यक्त निष्कर्ष ओलीलाई हटाएर राष्ट्रिय सरकार बनाउन भारतको सहयोग आवश्यक छ भन्ने नै छ। ओलीलाई टिकाउन भारतले खेलेको उनको आरोपलाई राकेश सुदले प्रतिवाद गरेको अन्तर्वार्तामा देख्न सकिन्छ।