मलेसियामा भ्यान दुर्घटना,१ नेपालीको मुत्यु भने ९ जना गम्भीर घाइते

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २१ जेठ ।

मलेसियामा भएको सवारी दुर्घटनामा परी एक जना नेपालीको मृत्यु भएको छ । बुधवार बिहान भएको उक्त दुर्घटनामा परी एक नेपालीसहित दुई जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी नौ जना नेपाली घाइते भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । मलेसियामा सुरक्षा गार्डको काम गर्ने नेपालीहरू लिएर जाँदै गरेको भ्यान दुर्घटनामा परेको थियो । दुर्घटना जोहरबाहरूमा भएको हो । सो दुर्घटना बुधवार विहान पौने ८ बजे आसपास भएको जनाइएको छ ।

दुर्घटनामा परी भ्यान चालक तथा एक नेपालीको मृत्यु भएको हो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । सो भ्यान रोड डिभाइडरमा ठोक्किएर पल्टिन पुगेको स्थानीय प्रहरीलाई उधृत गर्दै समाचारमा जनाइएको छ ।

घाइतेहरूलाई सुल्तान अमिन अस्पतालमा राखिएको छ । दुर्घटनामा परेको नेपालीहरूको अवस्थाका बारेमा जानकारी लिइरहेको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]