बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २१ जेठ ।

नेपालमा सुनको मूल्य प्रतितोला ९५ हजार हाराहारीमा पुगेको छ ।

बुधवार नेपालमा प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार ५ सय रहेको थियो भने आज सुनको मूल्य तोलामा ४ सयले वृद्धि भएको छ ।

आज प्रतितोला छापावाला सुन ९४ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार ४ सय रहेको छ ।

बुधवारको तुलनामा बिहीवार (आज) चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । बुधवार प्रतितोला चाँदी १३ सय ६० रहेकोमा आज १३ सय ७५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।