यी मुख्यमन्त्रीले दिएनन बिबादित चुरेबारे ओलीलाई साथ

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २१ जेठ ।

संघीय सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा सभावेश भएको ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम हटाउन प्रदेश नम्बर २ का मुख्यमन्त्रीले केन्द्रिय सरकारलाई आग्रह गरेको छन ।

मुख्यमन्त्री लालबाबु राउतले आज विज्ञप्ति निकालेर बजेटको उक्त कार्यक्रम सच्याउन आग्रह गरेका हुन् । साथै केन्द्र सरकारले उक्त कार्यक्रम नसच्याए प्रदेश नम्बर २ ले चुरे संरक्षण तथा प्राकृतिक सम्पदा रक्षार्थ आवश्यक निर्णय लिने मुख्यमन्त्री राउतको चेतावनी रहेको छ ।

सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड प्रदेशको रक्षा कवचको रूपमा रहेको भन्दै उनले जनता बाढीपहिरो, पानीलगायत समस्याबाट पीडित हुँदै आएको अवस्थामा चुरे दोहन हुने गरी सरकारले बजेटमा कार्यक्रम समावेश गरेकोले विरोध गर्नुपरेको बताउँछन्।

उक्त विषयमा लुम्बिनी प्रदेश सरकारले केन्द्र सरकारलाई पहिलेदेखि नै ध्यानाकर्षण गराउँदै आएको मुख्यमन्त्री पोखरेलले बताए । यसरी खानी परिचालन गर्दा सडक यातायातमा समेत असर पर्न नदिने गरी रोपवेको प्रयोग गर्ने नीति सरकारले अघि सारेको उनले बताए ।

सरकारको यस निर्णयबाट चुरेमा हुने अवैध उत्खनन् समेत रोकिन गई तराईको खेतीयोग्य जमिनको सुरक्षा हुनेछ र नेपालको व्यापार घाटा कम गर्न समेत मद्दत पुग्ने पोखरेलले बताए । यसले नेपालको विकासका लागि विदेशी ऋणको मात्रा कम गर्न सहयोग पुग्ने पनि उनले बताए ।

राष्ट्रको हितमा रहेको विषयलाई चुरे क्षेत्रको विनाशसँग जोडेर भ्रम सिर्जना नगर्न पनि मुख्यमन्त्री पोखरेलले सरोकारवालालाई आग्रह गरेका छन् । चुरे क्षेत्रको संरक्षणमा योगदान गर्नसक्ने कार्यक्रमका रुपमा यसलाई आत्मसात गर्न उनले आह्वान गरेका छन् ।