काठमाडौं, २० जेठ ।
समाजमा महिला हिंसा ,अन्याय अत्याचार,बला त्कार, विभिन्न धर्मको नाममा गरिने शोषण अझै पनि अन्त्य भएको छैन । सरकारको कम्जोर महिलाको पक्षमा बनाएको नियमकानुन को कारण ले पनि दैनिक बला त्कार , जस्ता घटना घटिरहेको छ ।
जबरजस्ती करणी मुद्दामा सात वर्ष बढी जेल सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ८४ वर्षीय रामु केसीलाई प्रहरी बिहीबार बिहान घरबाटै नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार २०७६ मंसिर २६ गते जबरजस्ती करणी मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले ७ वर्ष ५ महिना ८ दिन कैद सजाय तोकेको थियो।
साथै, दुई लाख २५ हजार जरिवाना समेत तोकेको थियो।
अदालतको फैसला लगतै केसी फरार भएका थिए। पक्राउ परेका केसीलाई बिहीबार नै अदालतमा पेश गरिएको थियो।