आमा नभएको मौकामा छोरी बलात्कार गरेर बाबु फरार

हाम्रो सन्देश संवाददाता

उदयपुर , २० जेठ ।

उदयपुरको कटारी नगरपालिकामा १५ बर्षिया छोरी बलात्कार गरि बुवा फरार भएका छन् । कटारी नगरपालिका– १ का ३५ बर्षिय बुवाले गत मंगलबार घरमा कोही नभएको मौकाछोपी छोरीलाई जबरजस्ती करणी गरेका हुन् । दुई दिन अघि आमा नभएको मौकामा छोरीलाई जबरजस्ती करणी गरेको छोरीले आमालाई भनेपछि बिहीबार आमाले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिए लगत्तै उनी फरार भएका हुन् ।

उनको खोजी कार्य जारी राखिएको ईलाका प्रहरी कार्याल कटारीका प्रहरी नायब उपरिक्षक (डिएसपी) हेमन्त भण्डारीले जानकारी दिए । भागेर जाने सम्भावित ठाउँहरु पहिचान गरी खोजी कार्य भैरहेको जनाए । घरमा कोही नभएको मौकापारी धम्की दिई बलात्कार गरेको पीडितले बताएकी छिन् ।

बलात्कार गरेका आमा र आफन्तलाई भने ज्यान मार्ने धम्कि दिएको पिडितले बताइन् । बालिकाको बिहीबार कटारी अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । आरोपित विरुद्ध हाडनाता करणी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएका छन ।