बोल्न नसक्ने अनाथ बालिका बलात्कार गर्ने ६७ वर्षीय वृद्धा पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० जेठ ।

शारीरिक रुपमा अशक्त एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार मंगलबार एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको हो । केसीका अनुसार पक्राउ पर्नेमा इटहरी ३ सुनौलो बस्तीका ६७ वर्षीय गाईने भन्ने भागिराज दमाई रहेका छन् । ‘प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दमाईले ९ वर्षीया शारीरिक तथा मानसिक रुपमा अशक्त हिड्न र बोल्ने नसक्ने नाबालिकालाई जबरजस्ती करणी गरेको खुलेको छ,’ डीएसपी केसीले भने, ‘घटनापश्चात फरार रहेका उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका बृद्धमाथि सुनसरी जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी मुद्दा अन्तरगत म्याद थप गरी प्रहरीले अनुसन्धान बढाएको केसीले जानकारी दिए । ती बालिकाको आमा, बुवा समेत नरहेकाले उनी फुपूको घरमा बस्दै आएको प्रहरीले जनाएको छ ।