डलरको भाउ निरन्तर उकालो, आज कति पुग्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २० जेठ ।

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसमा डलरको भाउ निरन्तर उकालो लागेको छ ।

जसअनुसार अमेरिकी डलरको मूल्य बुधबारको भन्दा बढेको छ ।

बुधबार अमेरिकी डलर एकको खरिददर ११६ रूपैयाँ ३४ पैसा रहेकोमा आज बढेर ११६ रूपैयाँ ६४ पुगेको छ । यसको बिक्रीदर ११७ रुपैयाँ २४ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?