काठमाडौँ, २० जेठ ।
नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । बढ्ने क्रममा बिहीबार सुनको मूल्य ९५ हजार नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि हुँदै ९४ हजार ९०० रुपैयाँ पुगेको हो ।
आज तेजाबी सुनको मूल्य समेत ९४ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य भने बुधबारको मूल्यमा थप १५ रुपैयाँले वृद्धि हुँदै बिहीबार एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
६ अर्बको आइपीओ निष्कासन हुँदै, कसको कति ?
१७ वटा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । ती कम्पनीको ५ अर्ब ९६ करोड रुपैयाँ बराबरका ५ करोड ९६ लाख कित्ता शेयर निष्कासनको तयारी रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । तीमध्ये सबैभन्दा धेरै हाइड्रोपावर १३, फाइनान्स ३ र ‘अन्य’ १ कम्पनी अनुमतिको पर्खाइमा रहेका हुन् ।
हाइड्रोपावर कम्पनीअन्तर्गतको १३ कम्पनीको जम्मा ५ करोड ४५ लाख कित्ता शेयर निष्कासनको पर्खाइमा रहेका छन् भने फाइनान्सका ३ कम्पनीको २७ लाख ६० हजार कित्ता शेयर र ‘अन्य’अन्तर्गत डिस मिडिया नेटवर्कको २३ लाख ८५ हजार कित्ता शेयर निष्कासनको पर्खाइमा रहेका छन् । यसका लागि ती कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र ती कम्पनीले आईपीओ निष्कासन गर्न पाउने छन् । हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा धेरै मध्यभोटेकोसी जलविद्युत् कम्पनीको १ करोड ५० लाख कित्ता शेयर यसअघि बोर्डमा स्वीकृत भएको भए पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण हाललाई स्थगित गरिएको छ ।