काठमाडौँ, २० जेठ ।
कम्पनीविरुद्ध नेपाली, भारतीय र म्यानमारका कामदारले मुद्दा दायरा गरेका थिए । जसको नेतृत्वदायी भूमिका गर्ने नेपाली कामदारलाई मुद्दा फिर्ता लिन कम्पनीले पटकपटक धम्की दिएको कामदारले बताएका छन् ।
मैले यहाँको नागरिक (मलेसियन)लाई त तह लगाइरेको छु । तिमीहरु को हो र ? तिमीहरुलाई घर जान मन छैन ? कम्पनीका मानव संशाधनका प्रमुखको भनाई उद्रृत गर्दै गोलेले भने, ‘मैले गरेर तिमीहरुले आफ्नो परिवार पालेको छौ । पहिला तिमीहरुको चप्पल लगाउने हैसियत थिएन । अहिले मैलेभन्दा राम्रो जुत्ता लगाउन पाएका छौं । यो केस फिर्ता गरेनौं भने भोलीको दिनमा जे पनि हुनसक्छ भनेर हामीलाई धम्क्यायो ।
कम्पनीले धम्कीपछि १५ जना कामदारले मुद्दा फिर्ता गरेको गोलेले बताए । तर, गोलेहरुले भने मुद्दा फिर्ता गर्नुको सट्टा कम्पनीबाट असुरक्षा भएको भन्दै स्थानीय प्रहरी कार्यालयमा उजुरी दिए । यसको बदलामा कम्पनीले मुद्दामा हस्ताक्षर गर्नेहरुको करार अवधि थपिदिएन । सयजना भन्दा बढी नेपालीलाई कम्पनीले भिसा थपिदिएन । भिसा नथपेपछि नेपाल फर्किनुपर्यो, गोलेले भने ।
कम्पनीमा अहिले झन्डै ६५ जना नेपाली कामदार छन् । उनीहरु प्राविधिक भएको र मलेसियाले नयाँ कामदार ल्याउन नदिएकोले उनीहरुलाई राख्न कम्पनी बाध्य भएको बुढाथोकीले बताए ।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले कम्पनीले स्थानीय श्रम कानुनलाई सम्मान गर्दे कामदारले पाउनुपर्ने सेवासुविधा दिनुपर्ने बताए । जो कामदार मुद्दा हालेर नेपाल गएका छन्, उनीहरु नेपाल पुगे पनि पाउनुपर्ने सुविधाबाट बञ्चित गरिदिनु हुँदैन, राजदूत पाण्डेले भने, मुद्दाको अन्तिम फैसाला नआएसम्म कम्पनीमा रहेका नेपालीमाथि कम्पनीले कुनै वाधा व्यवधान पुर्याउनु हुँदैन भनेर हामीले कम्पनीलाई भनेका छौं ।