एमाले विवाद : नेपाल र रावललाई हटाएर पार्टी एकताको तयारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० जेठ ।

आज एमाले स्थायी कमिटीको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताका बारेमा अन्यथप पहल हुने बताइएको छ ।

पार्टीबाट निष्कासन भएका वरिष्ठ नेता माधव नेपाल र भीम रावललगायतका नेपाल पक्षका दोस्रो पुस्ताका केही नेतासँग संवाद चलिरहेको अवस्थामा स्थायी कमिटी बैठक बस्ने भएको हो ।

बैठकले पार्टी एकताको पक्षमा थप केही लचिलो निर्णय गर्न र हस्ताक्षरबाट पछाडि नहटे नेता माधव नेपाल र भिम रावललाई बाहेक एकतामा ल्याउनपहल गर्ने एक नेताले जानकारी दिए ।

स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्ने र अर्को पक्षले अनुशासनहीन गतिविधि राखे पनि एकता जोगाउने विषयमा निर्णय भएको थियो ।