प्रहरीले वडाअध्यक्षमाथि दुर्व्यवहार गरेपछि सबै वडा कार्यालय नै बन्द

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १९ जेठ ।

घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेश पाण्डेमाथि प्रहरीले गरेको दुर्व्यवहारका विरुद्ध घोराहीका सबै वडा कार्यालय एक दिनको लागि बन्द गरिएका छन्।

बिरामीको लागि अक्सिजन सिलिण्डरको जोहो गर्न स्कुटर चलाएर एक्लै गइरहेका वडाध्यक्ष पाण्डेलाई मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडि प्रहरीले दुर्व्यवहार गरेको भन्दै घोराहीका सबै वडा कार्यालय बुधबार बन्द गरिएका छन्। घोराही उपमहानगरका प्रवक्ता तथा घोराही १८ का वडाध्यक्ष भरत अर्यालले प्रहरी दुव्र्यवहारको बिरोधमा उपमहानगरका सबै वडा कार्यालय बन्द गरिएको जानकारी दिए।

अगाडि कार्ड झुण्ड्याएर महामारीको समयमा खटिएका वडाध्यक्षलाई एउटा प्रहरी निरीक्षकले जसरी दुर्व्यवहार गरे त्यो राम्रो भएन,’ अर्यालले भने ‘ नयाँ आएका प्रहरी निरीक्षकसँग वडाध्यक्षको चिनजान थिएन भन्दैमा परिचय पत्र हेरेपछि त्यही अनुरुप ब्यबहार हुनुपर्दैनरु त्यस्तो अभद्र प्रहरीको व्यबहार सच्चिनुपर्छ भन्ने हाम्रो माग हो।’ प्रहरीलाई लाइसेन्स, स्कुटरको आवश्यक कागजात र वडाध्यक्षको परिचय पत्र देखाउँदा देखाउँदै पनि स्कुटर नियन्त्रणमा लिएर राखेको पाण्डेले बताएका छन्।

मैले आफ्नो परिचय पत्र दिँदा पनि प्रहरीले पास माग्यो,’ पाण्डेले भने ‘ मलाई एक जना बिरामीको लागि अक्सिजन खोज्नु निकै हतार थियो, मेरो स्कुटर लगेपछि मैले अर्को मोटरसाइकल मागेर अक्सिजनको खोजीमा गएको हुँ।’ घटनापछि वडाध्यक्ष पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् ‘पुलिस मेरो साथी हैन, हिजोको घटनाले मलाई आभास भयो, पुसिल कहिले पनि जनताको हुन सक्दैन रहेछ।’

वडाध्यक्ष पाण्डे कोरोनाबाट मृत्यु भएकाहरुको शव ब्यबस्थापन समितिका संयोजक पनि हुन्। कोरोना महामारीको समयमा बिरामीको सेवामा रातदिन सक्रिय रुपमा खटिएका पाण्डेमाथि भएको ब्यबहारको चौतर्फी आलोचना भएको छ। नेपाली काँग्रेस दाङका सचिव शंकरप्रशाद डाँगी लगायत विभिन्न संघ संस्थाहरुले घटनाको विरोध जनाएका छन्। घटनाबारे बुझ्न खोज्दा जिल्ला प्रहरी प्रमुख ९एसपी० गणेश चन्दले नयाँ प्रहरी अधिकारी सवारी चेकजाँचमा खटिएको हुँदा वडाध्यक्षलाई नचिनेर समस्या उत्पन्न भएको बताएका छन्।

‘सवारी चेकजाँचमा खटिएका नयाँ प्रहरी अधिकारीले वडाध्यक्षलाई चिनेनछन् र उनले पास मागेछन्,’ एसपी चन्दले भने ‘त्यतिकैमा वडाध्यक्षज्यू स्कुटर छोडेर गएको भन्ने मलाई रिपोर्टिङ छ।’ आफूले वडाध्यक्षलाई फोन गरी ती प्रहरी अधिकारीको तर्फबाट माफी माग्दा समेत स्कुटर लिन नआएको एसपी चन्दले बताए। ‘ आज त वडाध्यक्षज्यूले मेरो फोन पनि उठाउनु भएको छैन,’ उनले भने ‘वडाध्यक्षज्यू जस्तो ब्यक्तिले यो विषयलाई ठूलो बनाउनु हुन्न भन्ने मेरो आग्रह छ।’