कोरोना संक्रमण भएका व्यक्तिले के गर्ने, यसरी घरमै बसेर निकाे बनाउन सकिन्छ

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

विश्वव्यापी रूपमा फैलिएको को- रोनाको दोस्रो लहरसँग जुधिरहेको नेपालको अवस्थालाई यहाँ रहेका नेपाली चिकित्सकले गहन रूपले हेरिरहेका छन् ।

पछिल्लो समय सङ्क्रमणसँगै निको हुने दर पनि बढ्दै जानु सन्तोषको कुरा भएको भन्दै उनीहरूले रोग लाग्नै नदिन र निको हुने दरलाई थप बढाउन अझ उच्च सतर्कता अपनाउनुपर्ने सुझाव समेत दिएका छन् ।

संयुक्त अधिराज्य (बेलायत)को डार्टफोर्डस्थित डारेन्ट भ्याली अस्पतालमा १५ वर्षदेखि श्वासप्रश्वास विशेषज्ञका रूपमा कार्यरत डा. सुधिर लोहनी नेपाली चिकित्सकहरूको प्रतिनिधि हन् । उनी भन्छन्, “पहिलो त जहाँसुकै पनि सङ्क्रमण हुनै नदिने वातावरण बनाउनुपर्छ ।

के खायो भने इम्युनिटी पावर बढ्छ ?

इम्युनिटी कम भएका, डाइबिटिज र उच्च रक्तचाप भएका मान्छेलाई कोरोना भाइरस लागेको देखिन्छ । ६० वर्षमाथिका मान्छेलाई बढी जटिल हुन्छ । त्यसैले डाइबिटिज, उच्च रक्तचाप र इम्युनिटी पावर कम भएका व्यक्तिले सजगता अपनाउनु आवश्यक छ । कोरोनाबाट जोगिन खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ । मीठोमीठो खान्छु भनेर खानु हुँदैन ।

यो समयमा घरमै पकाएर तातो खानेकुरा खाने । बाहिरको खानेकुरा खाँदै नखाने । घरमै पकाएर स्वस्थ खानेकुरा खाने । जसले रोगसँग लड्ने शक्ति दिन्छ । आवश्यक मात्रामा मसलाहरू खाने हो भने इम्यिुनिटी पावर बढ्छ।

बेसार, मरिच, खोर्सानी, जिरा, धनियाँ, मेथी, टुसा उमारेका खानेकुरा, मह, कागती, अमला, अम्बा, फलफूल, दही, मोही, चिज माछा मासु र अण्डा राम्रोसँग पकाएर खानु पर्दछ ।

यी माथि उल्लेख गरिएका अधिकांश खानेकुरा हाम्रो भान्छामै हुन्छन् । यी खानेकुरा नियमित खाने हो भने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्छ । रोग लाग्नबाट जोगिन सकिन्छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]