कुबेतमा कोरोनाका कारण १२ जना नेपालीको मृत्यु

हाम्रो सन्देश संवाददाता

कुवेत, १९ जेठ ।

कोरोना भाइरस कोभिड १९ को संक्रणबाट कुबेतमा १२ नेपालीको मृत्यु भएको छ । कुबेत दूतावासका अनुसार २०७७ साल बैशाख १ देखि २०७७ चैत ३१ गतेसम्म ५९ जना नेपालीको मृत्यु भएको छ ।

जस अनुसार को’रो’नाका कारण ९ जना पुरुष र ३ जना महिला गरि कुल १२ जना नेपालीको मृ’त्यु भएको कुबेतबाट हरि बानियाँले जानकारी दिनु भयो।रोजगारीको सिलसिलामा कुबेतको विभिन्न शहरहरुमा काम गरिरहेका ५९ जना नेपालीहरुको विभिन्न कारणले मृ’त्यु भएको छ ,जस अनुसार ३८ जना पुरुष र २१ जना महिला रहेका छन् ।

कुबेतमा एक बर्षको अबधिमा को’रो’ना’का कारण १२ जना नेपालीको मृ’त्यु भएको कुबेत दूतावासले जनाएको छ । नेपाल पर्याप्त मात्रामा रोजगारी नभएपछि युवाहरू रोजगारीको लागि बिदेश जान बा’ध्य भएका छन् ।

नेपाल सरकारले युबाहरु रोजगारीको लागि अब बिदेश जानू पर्दैन स्वदेशमै रोजगार पाउछ भनेर ठुला ठुला सभाहरुमा भाषण गर्ने गरेको छ । तर यो सब सत्ता टिकाउने खेल र भाषणमा मात्र सिमित भएको छ । करिव ७० हजार भन्दा बढीको हा’रा’हा’रीमा नेपाली जनसंख्या रहेको कुवेतमा प्राय सड’क दु’र्घ’ट’ना, आ’त्मा’ह’त्या, को’रो’ना लगायत अन्य रो’गबाट नेपालीहरुको नि’धन भएको दूतावास श्रोतले जानकारी दिएको छ।