झलनाथ खनाल भन्छन ‘हामी एकदम सक्कली कम्युनिष्ट हो’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १८ जेठ ।

आफ्नै पार्टीको दलको नेता प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट ह’टाएर वि’पक्षी दलका नेतालाई प्र’धानमन्त्री नियुक्त गर्न ह’स्ताक्षर अभियान चलाएका नेता झलनाथ खनालले आफू एकदम सक्कली क’म्युनिष्ट भएको दावी गरेका छन् । उनले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गद्दार भएको समेत आरोप ल’गाएका छन्।

ने’कपा एमालेबाट कारवाही भोगेपछि नेता झ’लनाथ खनालले केपी ओलीले आफूहरुलाई गरेको का’रबाहीको कुनै अर्थ नरहेको बताएका छन् । एमालेको सोमबार बसेको स्थायी कमिटि बैठकले झलनाथ खनालसहित माधवकुमार नेपाल लगायतका अरु एघार जनालाई एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट नि’ष्काशन गरेपछि प्रतिक्रिया दिँदै केपी ओलीलाई क’म्युनिष्ट आ’न्दोलनकै ग’द्दार भएको आरोप लगाए।

‘ओली कम्युनिस्ट आन्दोलनको गद्दार हो, कारबाहीको ओचित्य छैन,’ भनेर खनालले भने । एमालेको यसअघि बसेको स्थायी कमिटिको बैठकले खनाल र नेपाल दुवै सहितका एघार जनालाई स्पष्टीकरण सोधेको थियो । तर, उनीहरु कसैले पनि स्पष्टीकरण बुझाएका थिएनन् ।

प’छिल्लो समय ने’कपा भित्रका २६ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सही गरेका थिए । यसमा झलनाथ खनाल र माधवकुमार नेपाल सहितका छब्बिस सांसदले हस्ताक्षर गरेपनि सोमबार पनि सर्वोच्च अ’दालत मा ती मध्ये तेईस जना उपस्थित भएर हस्ताक्षर बु’झाएका थिए ।