काठमाडौं, १८ जेठ ।
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई राष्ट्रपतिले पत्राचार गर्नुलाई समानान्तर सत्ताको अभ्यास त होइन भनेर प्रश्न गरेकी छिन् ।
राष्ट्रपति संस्था संविधानको संरक्षक र कानुनको परिपालक भएको यसका सम्पूर्ण क्रियाकलापलाई संविधानले सीमित गरेको उनले बताएकी छिन् ।
‘लोकरिझ्याइँका लागि मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई पत्राचार गर्ने होइन, त्यो काम त कार्यकारीको हो। यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होईन ?’ सामाजिक सञ्जालमा उनले प्रश्न गरेकी छिन्, ‘कि धुमिल भएको छवि बचाउने प्रपञ्च हो ? प्रतिगमन पटक–पटक भोगेकै छौ नि होइन ?’