खाडीमा अलपत्र नेपाली लाई तत्काल स्वदेश फर्काउन माग

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १८ जेठ ।

वैदेशिक रोजगार पत्रकार समाजलगायत सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत विभिन्न संस्थाले स्वदेश फर्किने बाध्यतामा रहेका कामदारहरुलाई तत्काल स्वदेश फर्काइ उनीहरुकोे उचित व्यवस्थापन गर्न गाग गरेका छन् ।

समाजका अध्यक्ष हरि थापा, श्रम रोजगार पत्रकार समूहका अध्यक्ष सुनिल न्यैपाने, नेशनल नेटवर्क अगेन्स्ट गल्र्स ट्राफिकिङरी अधियक्ष भारती सिलवाल गिरी, इन्टर जेनेरेसनल फेमिनिस्ट फोरमकी अध्यक्ष रीता थापा, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका संयोजक अशोक राना तथा महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन)की अध्यक्ष बेनु माया गुरुङद्वारा संयुक्त विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् ।

संयुक्त विज्ञप्तिमा वैदेशिक रोजगारीमा रहेका कामदारले पठाएको रेमिट्यान्सबाट आश्रित परिवारका साथै मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान दिएको भन्दै महामारीको अवस्थामा उनीहरुलाई प्राथमिकतामा राखी स्वदेश पर्काउन सरकारले शुरु गर्नुपर्ने उल्लेख गरिएको छ ।

सरकारले गत वैशाख २३ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान रोकेपछि खाडी तथा मलेसियामा हजारौं कामदार स्वदेश फर्किने बाध्यतामा रहेका छन् ।