विवेकशील नेताकाे निधनवारे अन्तिम सूचना आउँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १८ जेठ ।

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको अन्तिम स्वास्थ्य अवस्थासम्बन्धमा चिकित्सकहरुले अहिले तुरुन्तै केही घोषणा गरिनहाल्ने बताएका छन् ।ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यलाई नख्खूको मेडिसिटी अस्पतालले दिउँसो सवा दुई बजे अबको १-२ मीनेटमै डिक्लेयर हुने सूचना टिपाएको थियो । अहिले परिवारसङ्गको परामर्शमा आधिकारिक जानकारी सार्वजनिक गरिने अर्को खबर पठाइएको छ ।

नख्खू जेलमा तैनाथ सशस्त्र प्रहरीको टुकडीले समेत अस्पतालबाट प्राप्त दिउँसोको सूचना मुख्यालयको अपरेसन बिभागलाई टिपाएको थियो ।

थापालाई इक्मो टेक्नोलोजीबाट उपचार गराइएको थियो । भेन्टिलेटरले सास मात्रै चलाउने हो भने यो प्रविधिले मुटु,कलेजो,फोक्सोलगायत शरीरका सबै अङ्ग चलायमान गराउने बताइन्छ । याे एकदमै महङ्गो प्रविधि हो ।

जनआस्था अनलाइनले पार्टी अध्यक्ष रविन्द्र मिश्रलाई सम्पर्क गर्दा उहाँको फोन उठिरहेको छैन ।यसवारे हामी अस्पतालबाट बिस्तृत सूचना प्राप्त हुनासाथ अध्यावधिक गर्नेछौँ । जन आस्था बाट साभार गरीएको हो ।