काठमाडौं, १८ जेठ ।
चौधरी ग्रुप(सिजी) कम्पनीले आजबाट आफ्नो इन्टरनेट सेवा शुरु गरेको छ ।
विभिन्न क्षेत्रमा आफ्नो लगानीबाट प्रभुत्व जनाउँदै आएको सीजी ग्रुपले आज सिजीनेटको उद्घाटन गर्दै लन्च गर्दै आजदेखि काठमाडौँमार्फत शुरु गरेको हो ।
सिजीका एमडीसमेत रहेका निर्वान चौधरीले सस्तो शुल्कमा उच्च सेवा प्रदान गरिने जनाएका छन् । यस्तै, हाल काठमाडौँमा शुरु गरिएपनि छिट्टै अन्य जिल्लामा सिजीनेटको विस्तार गरिने कम्पनीको भनाई छ ।
सेवाको शुरुवाती अवसरमा कम्पनीले ३, ६ र १२ महिनाका विभिन्न प्योकज सुविधासहित १२० एमबीपिएसको इन्टरनेट कनेक्सनको मासिक शुल्क ९९९ रुपैयाँ निर्धारण गरेको छ ।
उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा हाम्रो सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ । नेटवर्क विस्तारसम्बन्धी सम्पूर्ण जानकारी https://www.cgnet.com.np/ मा उपलब्ध छ । २०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने हाम्रो लक्ष्य छ ।