मलेसियामा आजदेखि देशव्यापी लकडाउन,तालाबन्दी सुरु

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर, १८ जेठ ।

मलेसियामा आजदेखि लकडाउन,तालाबन्दी सुरु भएको छ। लगातार बढ्दै गैइरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई मध्य नजरगर्दै आजदेखि देशव्यापी पुर्ण रुपमा लकडाउन,तालाबन्दी लगाइएको हो।

मलेसियाको प्रधानमन्त्री तान श्री मुहिद्दीन यासीनको अध्यक्षतामा केहिदिन अगाडि बसेको मन्त्री परिषदको बैठकले आज मिति जुन १ तारिख, मंगलबारको दिनदेखि १४ तारिखसम्म लागू हुनेगरी १४ दिन सम्मको लागि अतिआवश्यक आर्थिक र सेवा क्षेत्र बाहेक सम्पुर्ण कामकाज देशैभर बन्द गरेर पुर्ण रुपमा देशव्यापी लकडाउन गर्ने निर्णय गरेको थियो।सोहि निर्णय अनुरुप लकडाउन सुरु भएको हो।

कोरोना संक्रमित क्रमशः बढ्दै गैइरहेकोले अब यहाँका अस्पतालहरु समेत बिरामी मानिसहरुको सङ्ख्याले भरिएको छ। त्यसैले देशमा थप स्वास्थ्य संकट आउन नदिनलाई कोरोनाको यस् संक्रमणलाई नियन्त्रण गर्न पुर्ण रुपमा लकडाउन लगाउनु बाहेक अन्य विकल्प नरहेकोले सरकार ले यो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले एक प्रेस बिज्ञप्ति जारी गर्दै जनाएको छ।