२४ घण्टामा थप ४७६२ जनामा कोरोना संक्रमण पुष्टि, ११४ को मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ जेठ ।

पछिल्लो २४ घण्टामा ४७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै यस अवधिमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै आज थप ११४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हजार ३८३ जनाले ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार ५५ जनाको पिसिआर परीक्षण गरिएको हो। सो परीक्षणका क्रममा ४१७८ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २४२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा पोजेटिभ देखिएको हो।

बजेटले जनतालाई कुनै राहत दिएन : कांग्रेस

नेपाली कांग्रेसले अध्यादेशमार्फत सरकारले ल्याएको बजेटले कुनै राहत दिन नसकेको बताएको छ। कांग्रेसले सोमबार पत्रकार सम्मेलन गरेर देश र जनता अन्धकारको सुरुङमा धकेलिएको वेला सरकारले सुरुङ युगको नारा दिएको बताएको छ। सरकार कहिल्यै वास्तविक धरातलमा नउभिएको कांग्रेसले जिकिर गरेको छ।

कांग्रेसले गठन गरेको छाया सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजालले सरकारले ल्याएको अध्यादेश बजेटबारे संसद् पुनःस्थापनापछि बन्ने गठबन्धन सरकारले निर्णय गर्ने बताए। ‘संसद् पुनःस्थापना हुन्छ भन्नेमा कुनै शंका छैन। अहिले यो बजेटले जनतालाई कुनै राहत दिएको छैन,’ रिजालले भने, ‘सरकार बजेट बनाउँछ पाँच वर्ष, १० वर्षको जस्तो। जनता महामारीको अन्धकारमा धकेलिएका छन्। सरकार भन्छ देश सुरुङ मार्गमा प्रवेश गर्‍यो।

सरकारले जनताको वास्तविक धरातल के छ, के समस्यामा जनता छन् भन्नेमा केन्द्रीत नभएको रिजालको आरोप छ। ‘सरकारले कहिले पनि वास्तविकताको धरतालमा आएन। जनता दुखमा छ। प्रधानमन्त्री चकाचक विकास भइरहेको छ भनेर बसिरहनु भएको छ। यो भन्दा दुख अरु के हुन्छ ?,’ उनले भने, ‘प्रधानमनत्री, अर्थमन्त्री, मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रमा धेरै बजेट कसरी पुर्‍याउन सकिन्छ भनेर लागेका छन्।

उनले प्रतिनिधि सभा पुनःस्थापना भएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने पनि विश्वास व्यक्त गरे।