अमेरिकाको टेक्सासमा दुर्घटनामा एक नेपाली युवाको मृ*त्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ जेठ ।

अमेरिकाको टेक्सासमा गाडी दुर्घटनामा नेपाली युवा मृत्यु भएको छ । गत शुक्रबार भएको दुर्घटनामा ज्यान गुमाउने ३० वर्षका रवी श्रेष्ठ भएको जनाइएको छ । टेक्सासको फ्रिस्कोमा उनको गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना हुन पुगेको थियो ।

घटना राती पौने ११ बजे भएको थियो । दुर्घटनामा गम्भिर घाइते रवीलाई अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा निधन भएको छ । दुर्घटनामा ज्यान गुमाउने व्यक्ति नेपाली युवा रहेको बुधबारमात्र थाहा भएको थियो । गाडीमा अरु कुनै व्यक्ति नरहेको र दुर्घटनाको कारण अरु कुनै गाडी नरहेको अनुसन्धानबाट खुलेको छ ।

अमेरिकी राष्ट्रियपति जो बाइडेन दिए सारा एसियाली मूलका अमेरिकीहरुलाई खुशीको खबर

अमेरिकामा भेदभावको शिकार भइरहेका एसियाली मूलका मानिसहरुको सुधारको लागि राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेशमार्फत आयोग बनाउने भएका छन् । यो आयोगले सार्वजनिक, निजी र गैर नाफामूलक क्षेत्र मिलेर कसरी एसियाली समुदायको सुधारको लागि काम गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रपतिलाई सल्लाह दिनेछ । यसका साथै राष्ट्रपति हरेक विभागमा १५ प्रतिशत एसियाली अमेरिकीहरुलाई नियुक्त गर्न आदेश दिएका छन् । यसका साथै ह्वाइट हाउसमा एक बरिष्ठ सम्पर्क अधिकारी नियुत्तः गरिनेछ जसले यो समुदायको लागि काम गर्नेछन् ।

विगत केही महिनायता अमेरिकामा एसियाली मूलका मानिसहरुविरुद्ध हिंसार भेदभावका घटना बढेका छन् । गत वर्ष यस्ता ६ हजार ६ सय घटना भएका थिए । यही कारण अमेरिकी सरकारले एसियाली अमेरिकीहरुविरुद्ध पूर्वाग्रह र घृणा रोक्न शोधको लागि लगानी पनि गर्ने भएको छ । संघीय कार्यक्रम र योजनाहरुलाई यो समूहसम्म पुर्याउनको लागि भाषा जान्नेहरुलाई भर्ना गरिनेछ । अहिले अमेरिकाको नेशनल साइन्स फउन्डेसनले यस्ता १०० कार्यक्रमको लागि लगानी गरिरहेको छ । यसको लागि फाउन्डेसनले २ अर्ब ३८ करोड लगानी गरेको छ ।