दाङ, १७ जेठ ।
लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनको तर्फका उमेदवार दृगनारायण पाण्डे विजयी भएका छन् ।
एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् ।
यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई काँग्रेस माओवादीसहितको गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटा विजयी भएका थिए ।
काठमाडौं आइपुग्यो बेलायतले सहयोग गरेको स्वास्थ्य सामग्री
बेलायत सरकारले नेपाललाई सहयोग स्वरुप पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।
शुक्रबार बिहान २ सय ६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री चार्टर्ड उडानबाट काठमाडौं ल्याइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ती सामग्रीहरु शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूतत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको जनाएको छ ।
साथै सोही उडानबाट च्यारिटी संस्था नेपाल मेड युकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटरसमेत ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।