काठमाडौँ ।
मुलुकमा कोरोना भाइरसको दोस्रो लहर चलिरहेको छ । यस अवधिमा कोरोना संक्रमितलाई अक्सिजन अत्यावश्यक देखिएको छ । बेलैमा अक्सिजन नपाएरै कोरोना भाइरस संक्रमितले ज्यान गुमाइरहेको छ । अक्सिजन सिलिण्डरको मुलुकभर अभाव रहेको छ । अक्सिजन सिलिण्डर पाउनै मुस्किल अबस्था छ । सिलिण्डर पाएर पनि यसको सही प्रयोग हुन नसकेको खण्डमा पनि यसले समस्या निम्त्याउन सक्छ । अक्सिजन सिलिण्डर प्रयोग गर्दा सावधानी अपनाउन सकेनौँ भने त्यसपछिको परिणाम सोचेको जस्तो नहुन पनि सक्छ ।
त्यसकारण यसरी सावधानी अपनाउन सकिन्छ ।
१)चिकित्सकको परामर्श बिना अक्सिजन दिने वा मात्रा परिवर्तन गर्ने नगर्नुहोस २) सबै अक्सिजन सिलिण्डर ठाडो र सिधा पारेर भण्डार गर्नुहोस्
३) सिलिण्डरको लेबलिङ परिवर्तन वा पुनः पेन्ट नगर्नुहोस् ४) अक्सिजन प्रयोग हुने कक्ष र वरपरका क्षेत्रका झ्याल र ढोका खुला राख्नुहोस्
५) अक्सिजन सिलिण्डरको छेउमा विद्युलीय उपकरण प्रयोग नगर्नुहोस् ६) अक्सिजन राखिएको क्षेत्र वा अक्सिजन प्रयोग गर्ने विरामीको वरपर धूम्रपान नगर्नुहोस् । आगो निभाउने उपकरण तयार अवस्थामा राख्नुहोस्
७) आपतकालीन सम्पर्क नम्बरहरु सधैँ तयार राख्नुहोस् ८) ग्याँस चुहावटको आवाज आएमा त्यसको वरपर नबस्नुहोस र सम्बन्धित निकायमा तत्काल खबर गर्नुहोस्