नेपाल समुहले घोषण गर्यो समानान्तर समितिको जिल्ला अध्यक्ष

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १६ जेठ ।

नेकपा एमालेमा चलिरहेको ओली नेपाल झगडाले सुर्खेतमा अर्को आगो सल्किएको छ । पार्टीबाट निष्कासित गरिएका नेता नेपालले
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सुर्खेत जिल्लामा नयाँ पार्टी अध्यक्ष चयन गरेको छन ।

नेपाल समूहले यसअघि जिल्ला कमिटीको सचिव रहेका मोहनसिंह बडुवाललाई एमालेको सुर्खेत जिल्ला अध्यक्ष घोषणा गर्दै २२७ सदस्यीय एमाले जिल्ला कमिटी गठन गरिएको छ ।

स्व. रवीन्द्रको नाममा योगेशको आपत्ति : यस्तो छ कारण

सरकारले ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व.पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नामबाट नामाकरण गरेको छ ।उनको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दु’र्घटनामा परी निधन भएको थियो ।

तर नेकपा एमालेका नेता योगेश भट्टाराईले यसमा आपत्ति जनाएका छन् । सरकारले स्थानीय र त्यस क्षेत्रका जनप्रतिनिधिसंग कुनै छलफल नगरेको हुदा कार्यान्वयनमा समस्या आउन सक्ने भन्दै सरकारी निर्णय प्रति आपत्ति जनाएका छन् ।