काठमाडौँ, १६ जेठ ।
कोरोना विरुद्ध लड्न थाइल्याण्डका राजपरिवारले दिएका स्वास्थ्य सामग्री नेपाल आइपुगेका छन् । थाइ एयर फोर्सको जहाज मार्फत स्वास्थ्य सामग्री नेपाल आएका हुन् ।
थाइ राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार ५२० थान, पीपीई लेग कभर १० हजार जोडी, पीपीई सर्जिक क्याप १० हजार थान, फेस शिल्ड पाँच हजार, रेपिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, बोडी ब्याग एक हजार, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान सहयोग गरेको छ ।
त्रिभुवन विमानस्थलमा आयोजित एक समारोहकाबीच नेपालका लागि थाइ राजदूत भोषिता भोरासाफले स्वास्थ तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गरे ।