काठमाडौं, १६ जेठ ।
मलेसिया सरकारले जुन १ तारिख देखि १४ दिनसम्मको लागि पूर्ण लकडाउन लगाउने भएको छ ।
कोरोना बिरामिको संख्या दिनदिनै बढ्दो क्रममा रहेको र मृतकको संख्या पनि दिनदिनै बढीरहेपछि मलेसिया सरकारले पूर्ण लकडाउन लगाउने निर्णय गरेको मलेसिया प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।
यो पूर्ण लकडाउन १४ दिनसम्मको लागी हुने र अवस्था हेरेर दुई हप्ता पछि केहि खुकुलो गर्दै लाने र नया बिरामिको संख्या घटदै जान थालेपछि खुल्ला गर्न सकिने बताइएको छ ।
पूर्ण लक डाउनमा अत्यावश्यक खाद्यान्न, औषधि पसल, सिमित सार्वजानिक यातायात, सुरक्षाका क्षेत्र बाहेक सबै बन्द हुनेछन् । लक डाउन अवधिभर बाहिर ननिस्कन र घरमै बसेर सुरक्षित रहन मलेसियन सरकारले अनुरोध गरेको छ ।
प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउनका लागि जारी गरिएको आवाज जावत नियन्त्रण निर्देशन आगामी जुन १ देखि १४ तारिखसम्म लागु हुने घोषणा गर्नुभएको हो ।
उहाँले स्वास्थ्य मन्त्रालय र विज्ञहरुको सुझावका आधारमा आवाज जावत नियन्त्रण गर्ने व्यवस्थालाई लम्ब्याइएको बताउनु भएको छ । कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनका लागि आवत जावत नियन्त्रण अत्यावश्यक र अनिवार्य भएकाले यसलाई निरन्तरता दिनु पर्ने भएको उहाँको भनाई छ ।
“हामीले अझै केही समय यही अवस्थाको सामना गर्नु पर्ने भएको छ, यसले धेरैलाई समस्यामा पार्दछ भन्ने हामीले बुझेका छौँ, तर यसको पालना गर्नु हाम्रो बाध्यता हो,” प्रधानमन्त्री यासिनले भन्नु भएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण नुहदाँसम्म यस्तो व्यवस्था लामो समयसम्म पनि जानसक्ने उहाँले बताउनु भयो । उहाँले थप्नुभयो, “कोरोना भाइरस विरुद्धको लगाई अझै सकिएको छैन, त्यसैले हामीले लडिरहनु पर्ने भएको छ ।