क्वालालम्पुर (मलेसिया), १६ जेठ ।
मलेसियन अध्यागमन विभाग (इमिग्रेशन) ले दुई हप्ताको तालाबन्दी,लकडाउनको अवधी भरिमा यहाँ रहेका अवैधानिक आप्रवासी (विदेशी) श्रमिकहरुलाई पक्राउ गर्न अभियान सञ्चालन गर्ने भएको छ।
मलेसिया सरकारको गृहमन्त्री हमजा जैनुदिनले स्थानीय सञ्चार माध्यमसंगको पत्रकार सम्मेलनमा बोल्दै भने कि, सरकारले यहीँ जुन १ तारिखदेखि १४ तारिखसम्म लागू हुनेगरि देशव्यापी पुर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ, र यहीँ लकडाउनको अवधीभर अध्यागमन बिभागले अवैधानिक विदेशी श्रमिकहरु बस्ने ठाउँ हरुमा कडाइका साथ धरपकड गर्ने छन र यि सबै कार्यको लागि राष्ट्रिय पंजीकरण विभाग (एनआरडी) र पुलिससँगै मिलेर गर्ने छन र जेल कारागार विभाग पक्राउ पर्नेहरूका लागि थप हिरासत केन्द्रहरू छुट्याउन तयार रहेको , बनाईसकेको उनले बताए।
उनले भने कि, यो सत्य हो कि पछिल्लो पटक हाम्रो जेलहरू उनीहरूको क्षमता भन्दा पर पुगेका थिए। तर अब हामी तयार छौं। हामीसँग सेटलाइट जेल र डिटेन्सन केन्द्रहरू निर्माण सम्पन्न भएको छन्। र पक्राउ पर्नेहरुलाई सोही ठाउँहरुमा राखिनेछ्न।
गृहमन्त्री हमजा जैनुदिनले अहिले देशैभर विभिन्न ठाउँको ६ सय सडकहरुमा रोड व्लक गरि चेकजाँच गरिराखेको त्यसको सङ्ख्या बढाएर ८ सय पुर्याइने बताएको छ। जाथै हजारौंहजार प्रहरी , आर्मी , रेला समेत परिचालन गरिने बताइको छ। source : फ्रि मलेसिया टुडे