क्वालालम्पुर, १६ जेठ ।
मलेसियामा कोरोना भाइरस (कोभिड-१९) ले संक्रमित हुनेको संख्या ५ लाख ५८ हजार ५३४ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या २,६५० जना पुगेको छ।
यहीँ मिति सन् २०२१ , मेय , २९ तारिख , शनिबारको दिन कोरोनाको कारण थप ९८ जना नागरिकको मृत्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या २,६५० जना पुगेको हो।
आज मात्रै पुनः ९,०२० जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज ५,५२७ जना निको भएसंगै जम्मा ४ लाख ७९ हजार ६६६ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।
हालसम्म ७६ हजार २१८ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने ८४४ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको मन्त्रालयको तथ्यांकले देखाउछ।
कोरोना संक्रमणलाई थप फैलिन नदिन र संक्रमणलाई नियन्त्रण गर्नको लागी मलेसिया सरकार ले मलेसियामा आगामी महिना जुन १ तारिखदेखि १४ तारिखसम्मको लागि कडाइका साथ पुरै देशव्यापीनै लकडाउन गर्ने निर्णय गरेको छ।
साथै कोरोना संक्रमितको सङ्ख्या उच्च रहेको नेपालसंगै विभिन्न २५ वटा अन्तर्राष्ट्रिय देशहरुबाट आउने आप्रवासी नागरिक,मानिसहरुलाई मलेसिया प्रवेशमा पुर्ण रुपमा प्रतिबन्ध, रोक लगाएको छ।