मलेसियाले कोरोना संक्रमण उच्च रहेको नेपालसंगै २५ देशको नागरिकलाई प्रवेश रोक

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर (मलेसिया), १५ जेठ ।

कोरोना भाइरस (कोभिड-१९) को माहामारीले विश्वनै भयावह अवस्थाबाट गुज्रिरहेको छ।
अहिलेसम्म सबैभन्दा बढी कोरोनाबाट संक्रमित हुने देशहरु मध्यमा अमेरिका एक नम्बरमा रहेको छ, भने दोस्रोमा भारत रहेको छ।

अमेरिकामा अहिलेसम्म ५ लाख ९८ हजार ९१० मानिसको कोरोनाले मृत्यु भैइसकेको छ, भने संक्रमितको सङ्ख्या ३३ करोड ३७ लाख ८ हजार ३२२ जना पुगेको छ।

त्यसैले अमेरिका,ईण्डिया,नेपाल संगसंगै कोरोना संक्रमणको सङ्ख्या उच्च रहेको २५ वटा देशको नागरिकहरु (विदेशी) हरु लाई मलेसियाले आफ्नो देशमा प्रवेश निषेध, प्रतिबन्ध लगाएको छ।

मलेसिया प्रवेश प्रतिबन्ध भएका देशहरु :

मलेसियामा प्रवेश गर्न नमिल्ने देशहरु क्रमश:
अमेरिका,ब्राजिल,ईन्डिया,रसिया,पेरु,कोलम्बिया,अफ्रिक,मेक्सिको,नेपाल,सेपानयोल,अर्जेन्टिना,चिल्ली,ईरान,युनाइटेडकिङ्डोम,बङ्लादेश,साउदीअरेबिया,पाकिस्तान,पेरान्सिस,तुर्की,ईटाली,जर्मनी,इराक,फिलिपिन्स,इन्डोनेसिया,श्रीलङ्का गरि २५ वटा देशको नागरिकहरुलाई मलेसिया प्रवेशमा पुर्ण रुपमा प्रतिबन्ध लगाएको छ।

यी देशहरुबाट कुटनैतिक नियोग बाहेकका नागरिक,मानिसहरु मलेसिया प्रवेश गर्न पाउनेछैनन्।
तर पछिल्लो समय मलेसियामा पनि कोरोना भाइरसले मृत्यु हुने र संक्रमित हुनेको सङ्ख्या दिनप्रतिदिन ह्वात्तै बढ्दै गैइरहेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउछ।