विदेशबाट नेपाल आउनेहरुलाई कुन-कुन देश बाट आउन पाईनेछ हेर्नुस् सम्पुर्ण विवरण

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ जेठ ।

बिहिबार बसेको मन्त्रिपरिषद वैठकले चीन, कतार र टर्कीका लागि सातामा एक-एक नियमित उडान गर्ने निर्णय गरेको छ । सरकारले आगामी जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो ।

बिहिबार बसेको मन्त्रिपरिषद वैठकले आन्तरिक उडान खोल्नेबारे भने कुनै निर्णय गरेको छैन । अहिले नियमित उडान बन्द भएको अवस्थामा केहि चा’र्टर उडानहरु भईरहेका छन् । सरकारले चा’र्टर उडानमा यात्रुहरू ठगिने क्रम बढेको भन्दै

तीनवटा देशमा साताको एउटा मात्र उडान हुने गरी खोल्ने निर्णय गरेको जानकारी दिएको छ तर मलेसिया, साउदी र युएई लगायत देशमा समस्यामा परेका तथा अगाडीनै टिकट काटेर नेपाल फर्कन नपाएका नेपालीहरुलाई तत्काल नेपाल ल्याउने सम्बन्धमा भएको निर्णयबारे हालसम्म जानकारी प्राप्त भएको छैन ।

सरकारले विदेशबाट नेपाल आउनेहरुको लागि तीन बर्गिकरण गरेर व्यवस्थापन गर्ने भएको छ । जस अनुसार नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन् ।

पहिलो सर्त अनुसार दुवै खोप लगाएको र को’रोना परीक्ष’णमा नेगेटिभ रिपोर्ट आएको यात्रुलाई १० दिन होम क्वा’रेन्टाइनमा बस्ने गरी नेपाल आउन दिइनेछ । त्यस्तै दोश्रो सर्त अनुसार कसैले एउटा मात्र खोप लगाएको छ र कोरोना परीक्षण

नेगेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्वारेन्टाइन बस्नुपर्ने छ । यस्तो क्वारेन्टाइन खर्च विदेशबाट आउने यात्रु आफैंले बेहोर्नुपर्ने हुन्छ ।

त्यस्तै तेश्रो सर्त अनुसार एउटा पनि खोप नलगाएको तर रिपोर्ट नेगे’टिभ आएका यात्रुहरुले १० दिनसम्म होटल क्वा’रेन्टाइनमा बस्नुपर्नेछ । १० दिन होटल क्वारे’न्टाइनमा बस्दाको खर्च बहने आफैले व्यहोर्नु पर्नेछ ।

अन्तराष्ट्रिय उडान अपडेट !
बिहिबार विमान बंगलादेशले कतारको चार्टर्ड उडान गरेको छ । यो बाहेक आज तीन चार्टर कार्गो उडान भयो । त्यस्तै शुक्रबार दुवई-काठमाडौँ-हानेदा चार्टर्ड उडान हुँदैछ । शुक्रबारनै पारो -काठमाडौँ-पारो चार्टर्ड उडान हुँदैछ । त्यस्तै शुक्रबारनै युके-काठमाडौँ-दुबई चार्टर्ड उडान हुँदैछ । यो बाहेक शुक्रबार मात्र ८ कार्गो चार्टर उडान हुँदैछ ।