शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ जेठ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत व्याजमा २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्ण प्रसाद पौडेलले शनिबार बजेट भाषण मार्फत शैक्षिक ऋण दिने घोषणा गर्नुभएको हो । उहाँले ५ प्रतिशत व्याजमा २५ लाख सम्म प्रमाणपत्र धितो राखेर ऋण दिने बताउनुभो ।

यस्तै सरकारले अक्सिजन उद्योगका लागि विद्युतमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । अर्थमन्त्रीले अक्सिजन उद्योगहरूका लागि कोरोना अबधिभर विद्युत महशुलमा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभयो । यस्तै सरकारले निजामति कर्मचारीलाई १० दिन भ्रमण बिदा दिने भएको छ । सरकारले भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गर्नुभएको हो । अर्थमन्त्री पाैडेलले आन्तरिक पर्यटन प्रवद्भन गर्न यस्तो नीति लिएको जानकारी दिनुभयो ।

रासायनिक मल कारखाना खोल्न १२ अर्ब विनियोजन

सरकारले रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रसायनिक मल कारखाना बनाउनको लागि तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो ।

किसानलाई खेतीको लागि मलको अभाव हुन नदिन मलको व्यवस्था गरिसक्ने र मल उत्पादन कारखाना खोल्नको लागि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए ।