नेपाली जनसम्पर्क समिती मलेसियाको अधिवेशन आइतबार गरिने

हाम्रो सन्देश संवाददाता

मलेसिया,१४ जेठ ।

नेपाली जनसम्पर्क समिती मलेसियाको तेस्रो राष्ट्रिय ऐतिहासिक अधिवेशन मे ३० मा आइतबार हुने भएको छ। नेपाली कांग्रेस केन्द्रको १४ औं महाधिवेशन हुने भएकोले र केन्द्रिय कार्यालयको पत्र अनुसार नेपाली जनसम्पर्क समिति मलेसियाले अधिवेशन गर्न लागेको हो।

अधिवशेन समितिले हरि प्रसाद भुसालको संयोजकमा ४ सदस्य निर्वाचन आयोग समिति गठन गरेको छ । निर्वाचन आयोगले उमेदवारी दर्ता र फिर्ता अनि उमेदवारीको योग्यताका आधारहरुलाई उमेदावारी दिन फिर्ता गर्न शुक्रबार मलेसियाको समय १ बजे सम्म समय निर्धारण गरेको थियो।

समितिको ५०२ जना क्रियाशील सदस्य नेपाली कांग्रेस केन्द्रबाट स्वीकृत भएको हुँदा १४ औं अधिवेशनमा ७ जनाले भाग लिन पाउने भएकोले ३ जना महासमिति सदस्य र ४ जना महाधिवेशन प्रतिनिधि चुनिने निर्वाचन आयोगले जनाएको छ ।

कांग्रेसको १४ औं अधिवेशनमा भाग लिन इच्छुक उमेदवारहरुलाई २९ तारिख बिहान १० बजे भित्र उमेदवारी दिन खुला गरिएको छ।

नेपाली कांग्रेसका उपसभापति एवं पुर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा र नेपाली कांग्रेस केन्द्रीय सदस्य एंव उपप्रधानमन्त्री सुजता कोईरालाको विशिष्ट अतिथिमा विश्व व्यापीरुपमा फैलिएको कोरोना भाईरस (Covid-19) लाई मध्यनजर राख्दै भर्चुअल अनलाईन मार्फत हुने भएको छ।

अधिवेशनमा बिशेष अतिथिहरु नेपाली कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदम्वे, धनराज गुरुङ, गोविन्द भट्टराई, पुर्ण बहादुर गुरुङ र जनसम्पर्क समिति अमेरिकाका सभापति एवं नेपाली कांग्रेस केन्द्रीय आमन्त्रित सदस्य आनन्द बिष्ट रहने समितिले जनाएको छ ।