माधव नेपालको सनसनीपूर्ण खुलासा : यसरी हट्दैछन ओली, यस्तो बन्दैछ गठबन्धन

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१४ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा कुनै नैतिकता नभएको दावी गरेका छन् । ऋषि धमलासँग कुरा गर्दै नेपालले ओली अरुलाई घोच्ने कुरामा रमाउने व्यक्ति भएको दावी गरे ।

नेपालगञ्जका डाक्टर र नर्समाथि आक्रमण गर्नेलाई तत्काल कारवाही गरियाेस : प्रचण्ड ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेरी अस्पताल नेपालगञ्जका डाक्टर र नर्समाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेका छन्।

डाक्टर र नर्समाथि कुटपिटजस्तो अमानवीय व्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको प्रचण्डले उल्लेख गरेका छन्।

‘नेपालगंजस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ,’ आज प्रचण्डले ट्वीट गर्दै भनेका छन्, ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ।’

बिहीबार बेलुकी आफन्तको मृत्युपछि डाक्टर र नर्समाथि ४/५ जनाको समूहले कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए। घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो। उनलाई कोरोना देखिएको थियो।

उनीहरूले आइसियू कक्षमै डाक्टर र नर्समाथि आक्रमण गरेका थिए।

उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ।