तीन मुलुकका लागि हवाई उडान खुला गर्ने सरकारकाे निर्णय

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ जेठ ।

तीनवटा मुलुकका लागि नियमित उडान खुला भएकाे छ । सरकारले चार्टर्ड उडानमा अनियमितता हुन सक्नेभन्दै सातामा एक उडान हुने गरी चीन, कतार र टर्कीका लागि उडान खुला गर्ने निर्णय गरेको छ ।

सरकारले सातामा एक उडान हुने गरी चीन, कतार र टर्कीका लागि उडान खुला गर्ने । सरकारले कोरोना संक्रमणको दोस्रो लहर रोकथामाका लागि तेस्रो मुलुकमा जान वा आउन हवाई उडान रोकेको थियो । तीन मुलुकमा पनि सातामा एकदिन नियमित उडान गर्न दिने निर्णय मन्त्रिपरिषद्ले गरेको पर्यटन मन्त्री भानुभक्त ढकालले बताए ।

उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्न यस्तो निर्णय गरिएको उनले बताए ।

ती मुलुकबाट नेपाल आउने यात्रुले कोभिडविरुद्धको दुवै मात्रा खोप लगाएको भए होम क्वारेन्टिनमा बस्नुपर्ने, एक मात्रा मात्रै खोप लगाएको भए तीनदिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने, ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट मात्रै लिएर आएको भए १० दिन अनिवार्य होटल क्वारिन्टनमा बस्नु पर्ने निर्णय सरकारले गरेको छ ।

चार्टर्ड उडानका नाममा कसैले कमाउने र कसैलाई आर्थिक रुपमा नोक्सानी पर्ने भएकाले सरकारले यस्तो निर्णय गरेको मन्त्री ढकालले बताए ।

भारतमा यसअघिदेखि नै सातामा एउटा उडान हुँदै आएको छ ।