एमालेका दुई मन्त्रीले राजीनामा दिए, चार मन्त्री नियुक्त

हाम्रो सन्देश संवाददाता

धनगढी, १४ जेठ ।

सुदूरपश्चिम प्रदेशमा मन्त्रीमण्डल विस्तार भएकाे छ । नेकपा एमाले र माओवादी केन्द्रबाट मुख्यमन्त्री त्रिलोचन भट्टले नियुक्त गरेका मन्त्रीहरु र राज्यमन्त्रीहरुले आजै सपथ लिएका छन् ।

सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सपथ ग्रहण गरेका छन् ।

यस्तै नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा रहेका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेबाट सरकारमा गएका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले राजीनामा दिएका हुन् ।

मन्त्रिपरिषद फेरबदल, कसले पाए कुन मन्त्रालयको जिम्मेवारी ?

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार भएको छ। नेकपा एमालेको माधवकुमार नेपाल समूहले आज शुक्रबार त्रिलोचन भट्टको सरकारमा नयाँ मन्त्री पठाएको हो।

नेपाल पक्षबाट प्रकाश शाह आर्थिक मामिला तथा योजना मन्त्री, दीर्घ सोडारी भौतिक पूर्वाधार विकास मन्त्री,पूर्णा जोशी सामाजिक विकास मन्त्री बनेका छन्।

त्यस्तै चुनकुमारी चौधरी, मनाकुमारी साउद र अर्चना गहतराज राज्यमन्त्री नियुक्त भएका छन्।

माओवादी केन्द्रबाट मानबहादुर धामी उद्योग वन वातावरण तथा पर्यटन मन्त्री नियुक्त भएका छन् भने मानबहादुर सुनार राज्यमन्त्री बन्ने भएका छन्।नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले भट्ट सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिए पनि एमालेको सुदूरपश्चिम संसदीय दलले उक्त निर्णयविरूद्ध सरकारमा थप मन्त्री पठाएको हो।