सिंहदरबारबाट बजेट सार्वजनिक गर्ने तयारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ जेठ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट १५ जेठमा सार्वजनिक गर्दैछ । वर्तमान काम चलाउ सरकारले बजेट ल्याउन नमिल्ने अर्थविद्हरुले बताइरहेका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट बजेट सार्वजनिक गर्न लागेका हुन् ।

बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् ।

यसैअनुरुप शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक हुने भएको छ । अर्थ मन्त्रालयका अनुसार जुममार्फत सार्वजनिक गर्ने कार्यक्रम राखिएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता र राष्ट्रसेवक कर्मचारीको तलव बढाउने घोषणा गरिसकेका छन । *सम्पादित समाचार