केपी ओली एमालेबाट निश्काषित हुनुभयोः वेदुराम भुषाल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ जेठ ।

नेकपा (एमाले) का नेता वेदुराम भुषालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट आँफै निश्काषित भएको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ओलीले कम्युनिष्ट पार्टीको नीति, सिद्धान्त र दर्श सबै छोडेको पनि आरोप लगाए । ओली अहिले रामलक्ष्मण पथमा हिँडेको पनि उनको टिप्पणी छ । उनले पार्टी भनेको संस्था भएकोले व्यक्तिले गर्ने निर्णयको कुनै अर्थ नहुने र व्यक्ति गौण हुने तर्क गरे ।

गोकर्ण,योगेशसहित माधव समूहले निकाल्यो ओलीविरुद्ध जाने सँयुक्त वक्तव्य

नेकपा एमालेको माधव नेपाल समूहका १५ नेताले बुधबार सँयुक्त वक्तव्य जारी गर्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध एकजुट हुन आव्हान गरेका छन्।

साविकको एमालेको स्थायी कमिटीमा रहेका १५ जना नेताहरुले सँयुक्त वक्तव्य जारी गरेका हुन्। पछिल्लो दिनहरुमा माधव समूहबाट टाढिएका भनिएका गोकर्णराज विष्ट र योगेश भट्टराईको पनि सो वक्तव्यमा नाम उल्लेख छ।

उनीहरुले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीका ११ जना नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेकोमा भत्र्तसनासमेत गरेका छन्। साथै ओलीले पार्टी र देशलाई स्वेत्छाचारी कमदबाट चलाएको भन्दै कडा आलोचना गरेका छन्।

उनीहरुले ओलीका कदमविरुद्ध एकजुट हुन एमालेका नेता तथा कार्यकर्ताहरुलाई पनि आव्हान गरेका छन्। उनीहरुले वक्तव्यमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नुको कारण र सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गर्नुको प्रष्टीकरणसमेत उल्लेख गरेका छन्।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]